चलचित्र ‘कार्की साइँला’ निर्माण घोषणा



काठमाडौं – नयाँ नेपाली चलचित्र ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन राजेन्द्र बस्नेतले गर्ने भएका छन् ।

घोषणासँगै निर्माण पक्षले यसको पहिलो पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा एक जना भरियाले पहाडी क्षेत्रमा भारी बोकेर हिँडिरहेको दृश्य देखाइएको छ । पोस्टरले चलचित्रको कथा ग्रामीण परिवेशमा आधारित रहेको सङ्केत गर्दछ ।

निर्देशक राजेन्द्र बस्नेतले यो चलचित्रले ग्रामीण भेगमा बस्ने एक सामान्य मानिसको कथा भन्ने बताए । ‘यसमा हाम्रो मुख्य पात्र एक जना भरिया हुन्छ । ऊ गाउँका सबै मानिसलाई खुसी राखेर भारी बोकेर आफ्नो जीवन निर्वाह गर्छ,’ निर्देशक बस्नेतले भने ।

यसको छायाङ्कन डम्बरबहादुर राईले गर्नेछन् भने कथा पनि उनकै हो । अजित लामिछानेले फिल्मको पटकथा र संवाद लेख्ने छन् भने जीवनाथ गौतमको सङ्गीत रहनेछ । छायाङ्कन धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा हुनेछ । हाल कलाकार छनोटको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu