
काठमाडौं – सन् २०१९ को चर्चित चलचित्र ‘बुलबुल’ भ्यालेन्टाइन डेको अवसर पारेर नेपाली डिजिटल प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । विनोद पौडेलको निर्देशनमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको उत्कृष्ट अभिनय रहेको यो चलचित्रले धेरै अवार्ड समेत जितेको छ ।
प्रेम र सामाजिक कमा आधारित यो चलचित्रलाई दर्शकले निकै मन पराएका थिए । यसलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा गरिएको थियो । यो चलचित्रले स्वस्तिमा खड्काको करियरलाई नयाँ उचाइ दिएको थियो भने मुकुन भुसालले डेब्यु चलचित्रबाट नै प्रशंसा प्राप्त गरेका थिए । चलचित्रमा स्वस्तिमा र मुकुनको साथमा लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायत कलाकारको पनि अभिनय छ ।
नेपालको प्रतिनिधित्व गर्दै ९२ औँ अस्कर अवार्डमा पठाइएको यो चलचित्रबाट निर्देशक पौडेल र अभिनेत्री खड्का राष्ट्रिय अवार्ड जितेका थिए ।
चलचित्रका निर्माता अविरल थापाले दर्शकको मागलाई ध्यानमा राख्दै एमएसएम मार्फत चलचित्र रिलिज गरिएको बताए । एमएसएम भिडियो विश्वका धेरै देशबाट मोबाइल, गुगल, टिभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टिभी, एलजी टिभी, एप्पल टिभी, हिसेन्स टिभी, भिडियो टिभी, रोकु टिभी एप र कम्प्युटरमा पनि उपलब्ध छ ।
यसैबीच, यही टिमले बनाएको अर्को चलचित्र ‘भूठान’ पनि प्रदर्शनको तयारीमा छ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो चलचित्र २०८२ वैशाख १२ गते रिलिज हुने भएको छ ।