सौगात-श्रृष्टीको ‘भाइरल गोर्खे’ जेठ ३० गते रिलिज हुने



काठमाडौं – निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र ‘भाइरल गोर्खे’को फर्स्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत यो चलचित्र आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

शुक्रवार सार्वजनिक एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्थामा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् । यसले चलचित्रको पछिल्लो समय नेपालमा विकृतिको रूपमा मौलाउँदै गरेको भाइरल प्रवृत्तिलाई व्यङ्ग्य गरेको बुझ्न सकिन्छ ।

‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ,’ निर्देशक निगम श्रेष्ठले भने, ‘यसमै हाम्रो यो चलचित्र केन्द्रित रहनेछ । भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ ।’

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर निर्माता रहेको चलचित्र सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu