‘कर्मा’को छायाङ्कन सकियो, नयाँ वर्षमा विश्वव्यापी प्रदर्शनको तयारी



काठमाडौं – ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘कर्मा’को छायाङ्कन सकिएको छ । मङ्सिरको अन्तिम साताबाट सुरु भई दाङ र काठमाडौंमा यसको छायाङ्कन गरिएको हो । यसको ४६ दिन दाङमा र १२ दिन काठमाडौंमा छायाङ्कन गरिएको थियो ।

पछिल्लो अपडेट अनुसार दर्शकहरूले नयाँ वर्षको अवसरमा ‘कर्मा’ हेर्न पाउनेछन् । यसको रिलिज मिति चैत्र २९ गतेलाई तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो चलचित्र विश्वभर एकसाथ प्रदर्शन हुने बताइएको छ ।

फागुन १ गते सार्वजनिक भएको ‘कर्मा’को फर्स्ट लुक पोस्टरले दर्शकको मन जितिसकेको छ । विपिन कार्कीलाई फिचर्ड गरिएको पोस्टरले चलचित्रप्रति उत्सुकता बढाएको छ । एक्सन जनरामा बनेको ‘कर्मा’ विपिनको पहिलो एक्सन चलचित्र हो । यसमा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्य देवलगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहनेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu