अभिनेता जितु नेपाललाई मातृशोक, पशुपति आर्यघाटमा अन्त्येष्टि



काठमाडौं – अभिनेता जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमायाको ८९ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित रहँदै आएकी योगमायाको पार्थिव शरीरलाई आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिका क्रममा जितु नेपालका माइला दाजुले आमाको शवमा दागबत्ती दिएका थिए । आमालाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली चलचित्र उद्योगका कलाकार तथा समीपका व्यक्तिहरू आर्यघाट पुगेका थिए । विशेष गरी, ‘छक्का पञ्जा’ चलचित्रको टोलीले आर्यघाटमा पुगेर जितु नेपाल र उनको परिवारलाई सान्त्वना दिएको थियो ।

अन्त्येष्टिमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बुढा), कमेडियन भरतमणि पौडेल, सुमन कोइराला, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलालगायतका कलाकारको उपस्थिति थियो ।

योगमायाका सात सन्तानमध्ये जितु नेपाल कान्छा छोरा हुन् । आमाको असामयिक निधनले शोकमा रहेका जितु नेपाल र उनको परिवारलाई नेपाली फिल्म क्षेत्रका विभिन्न कलाकार तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu