‘२६ करोड’ विकास सुवेदीले निर्देशन गर्ने, डेब्यु चलचित्र कुन हो ?



काठमाडौं – चलचित्र लेखक विकास सुवेदीले ‘२६ करोड’ शीर्षकको चलचित्र निर्देशन गर्ने भएका छन् । यसअघि रोहित अधिकारीको लगानीमा दिनेश राउतले निर्देशन गर्ने तयारी गरेको यो चलचित्रको लागि निर्माता र निर्देशक फेरिएका हुन् । रोहितले यसअघि ‘पुजार सार्की’ चलचित्र निर्माण गरेको किङडम नेटवर्कका सुवास भुसाललाई निर्माण अधिकार हस्तान्तरण गरेका छन् । 

अब यो चलचित्र सुवेदीले निर्देशन गर्ने किङडम नेटवर्कले जनाएको छ । यही ब्यानरबाट नै सुवेदीले अर्को ‘अनटाइटल्ड’ चलचित्र पनि निर्देशन गर्दैछन् । ‘२६ करोड’ अगाडि नै सुवेदीको अर्को चलचित्र निर्देशन गर्ने मनसायमा छन् । यसर्थ, ‘२६ करोड’ उनको डेब्यु नहुन सक्छ ।

विकासले यसअघि दुई चलचित्र ‘प्रकाश र पुजार सार्की’ लेखेका थिए । यी दुवै चलचित्रको निर्देशन दिनेश राउतले गरेका थिए । निर्देशक राउत हाल चलचित्र ‘महाभोज’को छायाङ्कनमा रहेका छन् भने यो चलचित्रका लेखक पनि सुवेदी नै हुन् । सुवेदीले एक सय बढी म्युजिक भिडियो निर्देशन समेत गरेका छन् ।

‘२६ करोड’लाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu