
काठमाडौं – चलचित्र ‘मायावी’को ट्रेलर सार्वजनिक भएपछि दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । तीन दिनमै ११ लाख ४३ हजारभन्दा बढीले ट्रेलर हेरिसकेका छन् भने अहिले यो युट्युबको सिनेमा सेक्सनअन्तर्गत दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ ।
टिकटकमा ‘मायावी’को विषयवस्तुलाई लिएर दर्शकहरू उत्साहित देखिएका छन् । ट्रेलरमा समावेश गरिएका संवादहरूलाई लिएर थुप्रै टिकटक बनेका छन् । दर्शकहरूले फिल्मको संवाद र कथावस्तु लोभलाग्दो रहेको भन्दै फिल्मको प्रतीक्षा गरिरहेको बताएका छन् ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र फागुन १४ गते रिलिज हुँदैछ । यसमा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठको साथमा नव–नायक समिम खानको मुख्य भूमिका छ । राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तले मिलेर बनाएका हुन् ।
ट्रेलर: