प्रदर्शनरत चलचित्र ‘रङ्गी’को गीत सार्वजनिक



काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रङ्गी’को नयाँ गीत ‘उडिदेऊ’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यो गीतमा अन्जान रानाभाटको स्वर र सङ्गीत छ भने अन्जान र सौगात सापकोटाले शब्द लेखेका छन् । सम्रिक बादेले गीतलाई सङ्गीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङ फिचर छन् । भिडियोमा सलोनले आफ्नी छोरी आयुषीका लागि गरेको सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको यो चलचित्र सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यसमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको मुख्य भूमिका छ । लेखन सुमन गजमेरले गरेका हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu