‘द्रौपदी’को ‘कर्णाली काटौला’मा टिकटक बनाउनेलाई नगद पुरस्कार



काठमाडौं – निर्देशक ऋषिराज आचार्यद्वारा लिखित, निर्मित तथा निर्देशित चलचित्र ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ ।

हालै सार्वजनिक चलचित्रको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीत अहिले चर्चामा छ ।

सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ट पाँचलाई आरबि मुभीजले निर्माण गर्ने नयाँ चलचित्रमा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५०००, दोस्रो स्थान हासिल गर्नेलाई रु १०,००० र तेस्रो हुनेलाई रु ५००० नगद पुरस्कार समेत प्रदान गरिने छ ।

यीबाहेक १०० जना टिकटकरलाई ‘द्रौपदी’ को प्रिमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ । टिकटक बनाएर #द्रौपदी #चैत८ लेखि पोस्ट गर्नुपर्ने छ । यसको नतिजा फागुन २० गते द्रौपदी चलचित्रको पेज द्रौपदी नेपाली चलचित्र तथा मिडियामा प्रकाशित गरिने छ । टिकटक सबै उमेरका दर्शकले बनाउन सक्ने बताइएको छ ।

ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भामलगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्र पश्चिम नेपालको डोल्पा जिल्लाको से फोक्सुण्डोलगायतका विकट स्थानहरुमा छायांकन गरिएको हो । निर्माण थालनीदेखि नै चर्चामा रहेको चलचित्रको हालै सार्वजनिक टिजर र गीतले दर्शकको मन जितिरहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu