अभिनेता दिलीप रायमाझीलाई पितृ शोक, कीर्तिपुर अस्पतालमा पिताको निधन



काठमाडौं – अभिनेता दिलीप रायमाझी पितृ शोकमा परेका छन् । उनका पिता आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा गए राति कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

दिलीप ‘मेरो डान्स युनिभर्स’ को अडिसनका क्रममा अमेरिका, जापान, थाइल्यान्ड हुँदै भारतबाट हिजो राति ११ बजे काठमाडौं आइपुगेका थिए । अन्तिम समयमा रायमाझीले बुवालाई भेट्न पाएका थिए ।

पिताको अन्त्येष्टि शनिवार बिहान पशुपति आर्यघाटमा गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu