‘कल्ली’को छायाङ्कन सुरु: उत्तम प्रधानको कमब्याक, नाजिर-वर्षा पति-पत्नीको रूपमा



काठमाडौं – नेपाली चलचित्र ‘कल्ली’को छायाङ्कन आजबाट काठमाडौंको बौद्धस्थित एक घरमा सुरु भएको छ । निर्देशक लक्ष्मण सुनारले ३५ दिने छायाङ्कन तालिका लिएर यो प्रोजेक्ट सुरु गरेका हुन्, जसको पहिलो चरण काठमाडौंमा सम्पन्न भएपछि टोली जुम्ला प्रस्थान गर्नेछ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भइरहेको ‘कल्ली’मा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको भूमिकामा छन् ।

आजको पहिलो दिनको छायाङ्कनमा नायक नाजिर हुसेन, नायिका वर्षा राउत र कलाकार उत्तम प्रधानका दृश्यहरू खिचिएका थिए । चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

१३ वर्षपछि चलचित्र क्षेत्रमा पुनरागमन गरेका कलाकार उत्तम प्रधानले ‘कल्ली’को कथावस्तु र आफ्नो भूमिका दुवै मन परेकोले कमब्याक गरेको बताए । “मलाई यसअघि पनि धेरै चलचित्रको प्रस्ताव आएको थियो, तर मलाई आफ्नो भूमिका चित्त बुझेको थिएन,’ उनले भने, ‘कल्लीको कथा र मेरो पात्र दुवै विशेष लागेकाले मैले यसमा काम गर्ने निर्णय लिएँ ।”

छायाङ्कन स्थलमा भेटिएका नाजिर हुसेन र वर्षा राउतले आफूहरू श्रीमान्-श्रीमतीको भूमिकामा देखिन लागेको बताए । उनीहरूले आफ्नो चरित्रलाई न्याय दिनका लागि कडा मेहनत गरिरहेको बताए । चलचित्रका प्रस्तुत कर्ता किरण नेपाली हुन् भने निसाल पौडेलले छायाङ्कनको जिम्मेवारी लिएका छन् ।

चलचित्रको प्रदर्शन मिति भने अझै तय गरिएको छैन, तर निर्माण पक्षले चाँडै नै यसको घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu