
काठमाडौं – गत शुक्रवार प्रदर्शनमा आएको चलचित्र ‘ताण्डवम्’ले आफ्नो नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक गरेको छ । हर्क साउदको शब्द रहेको यो गीतमा सुशान्त गौतमको सङ्गीत र स्वर रहेको छ भने रिकेश गुरुङको एरेञ्ज रहेको छ ।
निर्देशक जुनिम गहतराजले सिनेमाले पाएको शोमा दर्शकको राम्रो उपस्थिति रहेको र सस्पेन्स थ्रिलर पार्टलाई दर्शकले विशेष रुचाएको बताए । ‘दर्शकको सकारात्मक प्रतिक्रियाले हामीलाई थप हौसला मिलेको छ र आगामी दिनमा पनि यस्तै राम्रा चलचित्र निर्माण गर्ने प्रेरणा मिलेको छ,’ उनले भने ।
पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अङ्कित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवाल जस्ता कलाकारहरूको सशक्त अभिनय रहेको यो सिनेमाले एक नव विवाहित जोडीको जीवनमा आउने अप्रत्याशित घटनाहरूलाई पारिवारिक र एक्सन थ्रिलर शैलीमा प्रस्तुत गरेको छ ।
सिंहदेवी प्रोडक्सन र भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको ‘ताण्डवम्’मा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतमको लगानी रहेको छ । हरि घले लामाको छायाङ्कन, सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोविद बज्रको ब्याकग्राउन्ड म्युजिकले चलचित्रलाई उत्कृष्ट बनाएको छ । अनिरुद्ध आत्रेय र हुसेनले लेखेको कथा, पटकथा र संवादले दर्शकलाई बाँधेर राख्ने अपेक्षा गरिएको छ ।
गीत: