१२ सहरमा ‘मायावी’को अटोरिक्सामार्फत प्रत्यक्ष प्रचार



काठमाडौं – फागुन १४ गते, महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मायावी’को प्रचारप्रसारमा निर्माण टिमले विभिन्न रणनीति अपनाएको छ । कार्यकारी निर्माता करण सिंहका अनुसार, यसअन्तर्गत देशभरका १२ सहरमा अटो रिक्सा माइकिङमार्फत प्रचार अभियान सञ्चालन गरिएको छ ।

पूर्वी नेपालका धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडदेखि पश्चिमका चितवन, बुटवल, पोखरा, दाङ, नेपालगन्ज, भैरहवा र धनगढीसम्म माइकिङ प्रचार गरिएको छ । डिजिटल प्रविधिको विकाससँगै हराउँदै गएको यो प्रचार शैली दर्शकलाई प्रत्यक्ष रूपमा चलचित्रबारे जानकारी दिन प्रभावकारी हुने निर्माण पक्षको विश्वास छ ।

साथै, चलचित्र जाँच पास समितिले ‘मायावी’लाई ‘युनिभर्सल’ सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार हरेक उमेर समूहका दर्शकले चलचित्र हेर्न सक्नेछन् ।

दिवाकर भट्टराई को लेखन तथा निर्देशनमा बनेको ‘मायावी’ लभ स्टोरी जनराको चलचित्र हो । यसको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइसकेको छ । यस चलचित्रमा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ र नव-नायक समीम खान मुख्य भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu