
काठमाडौँ – रिलिजको पूर्व सन्ध्यामा नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर सम्पन्न भएको छ । ललितपुरस्थित क्यूएफएक्स लाबिम हलमा आयोजना गरिएको विशेष शोमा चलचित्र उद्योगका चर्चित कलाकार, निर्माता, निर्देशक, तथा प्राविधिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रिमियर समारोहमा ऋचा शर्मा, निश्चल बस्नेत, अशोक शर्मा, दीपक शर्मा, कृषा चौलागाईं, शिल्पा मास्के, सुमन कार्की, विशाल भण्डारी, भरतमणि पौड्याल, अर्जुन कुमार, सरोज न्यौपाने लगायतका कलाकार तथा चलचित्रकर्मी उपस्थित भए। साथै, चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ, सुपुष्पा भट्ट, मेक्सम गौडेल, रवीन्द्र झा, कामेश्वर चौरासिया, महेश त्रिपाठी लगायतले पनि आफ्नो उपस्थिति जनाए ।
निरोज महर्जन निर्देशित यो चलचित्र शिवरात्रिको अवसर पारेर बुधवारदेखि देशभर प्रदर्शनमा आउँदैछ । अमेरिका मोहको कथावस्तुमा आधारित यो हास्यपरक सामाजिक कथामा बनेको चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।
यो चलचित्र दशकअघिको हिट चलचित्र ‘रेशम फिलिली’ को दोस्रो शृङ्खला हो । यसमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, महेश त्रिपाठी, कामेश्वर चौरासिया, मेक्सम गौडेल नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रवीन्द्र झा, लक्ष्मी गिरी, एवनराज उप्रेती, सजन थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र सिनेमा आर्ट र भी मोसन पिक्चर्स को सहकार्यमा निर्माण गरिएको हो । यसका निर्माता रौनकविक्रम कँडेल, कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्मात्री एनि थापा रहेका छन् ।
फोटो ग्यालरी हेर्नुहोस्: