प्रिमियर शोमा अनुपस्थित रहेका पल शाह रिलिजको दिन दर्शकमाझ



काठमाडौं – दुई दिनअघि सम्पन्न प्रिमियर शोमा अनुपस्थित रहेका अभिनेता पल शाह चलचित्र ‘मायावी’को रिलिजको दिन भने दर्शकमाझ देखिएका छन् । बुधवार बिहानैदेखि उनले काठमाडौंका विभिन्न हलहरूको भ्रमण गर्दै दर्शकहरूसँग प्रत्यक्ष संवाद गरे ।

बिहान एफक्यूब सिनेमाज मा पुगेका शाहलाई दर्शकहरूले निकै उत्साहका साथ स्वागत गरे । चलचित्र हेर्ने अधिकांश दर्शकले कथावस्तु, प्रस्तुति, र कलाकारहरूको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिए । विशेष गरी, केही भावनात्मक दृश्यहरूले दर्शकलाई प्रभावित बनाएको देखियो । एक युवती दर्शकले भनिन्, “चलचित्रका केही क्षणहरूमा आँसु रोक्नै सकिनँ ।”

चलचित्रको सफल प्रदर्शनले नायक पल शाह मात्र होइन, कलाकार टोली पनि उत्साहित देखियो । नायिका दीपिका प्रसाईँ, कलाकारहरू सुशील सिटौला, समिम खान, राजाराम पौडेल, र अंशु महर्जन दर्शकको साथले हौसिएको बताए । निर्देशक दिवाकर भट्टराई को लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सुरुवाती दिनमै सकारात्मक प्रतिक्रिया पाएको छ ।

निर्माता ध्रुव न्यौपाने का अनुसार, दर्शकको मागअनुसार शोज सङ्ख्या बढ्न थालेको छ । चलचित्रमा राज कटुवाल र चन्द्र पन्त को पनि लगानी रहेको छ ।

यसैबीच, महाशिवरात्रिको अवसर पारेर पल शाह पशुपतिनाथ मन्दिर पुगेका छन् । उनले त्यहाँ पूजाआजा गर्दै दर्शन गरेका थिए । हलहरूमा मात्र नभई मन्दिर परिसरमा पनि उनी दर्शकहरूसँग रमाइरहेको देखियो ।

चलचित्रको उत्कृष्ट प्रतिक्रिया र दर्शकको साथले ‘मायावी’ ले अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu