चलचित्र ‘वरिष्ठ बलराम’ तिहारमा रिलिज हुने



काठमाडौं – शिवरात्रिको अवसर पारेर टाइटल टिजर सार्वजनिक गर्दै चलचित्र ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सुरेन्द्र पौडेलले तिहारको लक्ष्मी पूजाको दिन, अर्थात् कात्तिक ३ गते, चलचित्र प्रदर्शन हुने जानकारी दिएका छन् ।

यस चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । सामाजिक कथावस्तुमा आधारित यो सिनेमाको छायाङ्कन तराईका विभिन्न स्थानमा गरिनेछ ।

नेपाली चलचित्र उद्योगका कुशल सम्पादकसमेत रहेका सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय चलचित्र हो । उनले लेखेको कथामा महेश दवाडीले पटकथा तयार पारेका छन् । छायाङ्कन एक सातापछि सुरु हुने तयारी गरिएको छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने वरिष्ठ बलराम लाई आशिस एच तामाङ र श्रीराज कार्कीले निर्माण गर्दैछन् । सिनेमाका डिओपी मन कृष्ण महर्जन हुन् भने सङ्गीत प्रशान्त सिवाकोटी, एक्सन निर्देशन सम्राट शाक्य, र कोरियोग्राफी प्रदीप लामाले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu