‘लाज शरणम्’ र ‘मायावी’ टिकटकमा पाइरेसीको चपेटामा, साइबर ब्युरोमा उजुरी



काठमाडौं – बुधवार रिलिज भएका नेपाली चलचित्रहरू ‘लाज शरणम्’ र ‘मायावी’ प्रदर्शनको दिनदेखि नै डिजिटल पाइरेसीको चपेटामा परेका छन् । विशेष गरी टिकटकमा यी चलचित्रका महत्त्वपूर्ण दृश्यहरू अवैध रूपमा अपलोड भएपछि निर्माताहरूले चिन्तामा छन् ।

‘लाज शरणम्’का निर्माताले चलचित्र अपलोड गर्नेविरुद्द बिहीबार प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । निर्माता कम्पनी जेपिटी क्रिएसनको तर्फबाट निर्माण नियन्त्रक अनिश लामिछानेले उजुरी दिँदै १५ वटा टिकटक एकाउन्टमा अपलोड गरिएका दृश्य हटाउन माग गरेका छन् ।

यसैबीच, चलचित्र ‘मायावी’ पनि टिकटक पाइरेसीको मारमा परेको छ । रिलिज भएको दिनदेखि नै विभिन्न टिकटक एकाउन्टहरूमा महत्त्वपूर्ण दृश्यहरू भाइरल भएका छन् । केही प्रयोगकर्ताले त चलचित्रको क्लाइमेक्ससम्म खिचेर पोस्ट गरेका छन्, जसले दर्शकको उत्सुकतालाई कम गराउन सक्ने निर्माण पक्षको चिन्ता छ । लेखक तथा निर्देशक दिवाकर भट्टराईले सामाजिक सञ्जालमार्फत अपिल गर्दै महत्त्वपूर्ण दृश्यहरू टिकटकमा नराख्न आग्रह गरेका छन् । ‘मायावी’ टिमले पनि छिट्टै साइबर ब्युरोमा उजुरी दिने तयारी गरिरहेको छ ।

नेपाली चलचित्र उद्योगका लागि सामाजिक सञ्जालमा पाइरेसी एउटा गम्भीर चुनौती बनेको छ । टिकटक, इन्स्टाग्राम, फेसबुक रिल्स जस्ता प्ल्याटफर्ममा फिल्मका महत्त्वपूर्ण दृश्यहरू अपलोड हुँदा निर्माताहरू ठुलो आर्थिक नोक्सानी बेहोर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu