प्रदर्शनरत चलचित्र ‘मायावी’को नयाँ गीत सार्वजनिक



काठमाडौं – चलचित्र मायावी को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको प्रदर्शन सुरु भएको भोलिपल्ट निर्माण टिमले यसलाई सार्वजनिक गरेको हो । दर्शकले हलमा चलचित्र हेरिसकेपछि मन पराएको यो गीतलाई थप प्रचारका लागि सार्वजनिक गरिएको बताइएको छ ।

गीतमा एसडी योगीको स्वर र सङ्गीत छ भने, शब्द राम अविरल विष्टले लेखेका हुन् । गीतको भिडियोमा मुख्य कलाकारहरू पल शाह, दीपिका प्रसाईँ र नव-नायक समीम खानलाई फिचर गरिएको छ, जसले चलचित्रको त्रिकोणात्मक प्रेमकथालाई झल्काउने सङ्केत गर्छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको मायावी मा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अंशु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

ध्रुव न्यौपाने, राज कटुवाल, र चन्द्र पन्तले चलचित्रमा लगानी गरेका छन् । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माताका रूपमा छन् भने, राजु पराजुली र सुमित वली सह-निर्माताका रूपमा छन् । साथै, क्रियटिभ सिने आर्ट्स का लागि नेम महर्जनको पनि चलचित्रमा लगानी छ ।

चलचित्रको छायाङ्कन राजु विक्रम थापाले गरेका हुन्, सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने, गीतहरूमा कविराज गहतराज र प्रवीण खतिवडाको कोरियोग्राफी छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu