प्रदर्शनरत चलचित्र ‘फेरि रेशम फिलिली’को गीत ‘कैले घाम, कैले छाया म’ सार्वजनिक



काठमाडौं – गत बुधवार महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’ले दर्शकको मन जितिरहेको छ । निर्माण पक्षका अनुसार, सुरुवाती दिनहरूमा सामान्य देखिए पनि चलचित्रले पछिल्लो समय दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुल्दै व्यापारमा उल्लेख्य वृद्धि गरेको छ ।

यसैबीच, चलचित्रको ‘कैले घाम म कैले छाया म’ बोलको गीत सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत, हर्क साउदको शब्द र सुगम पोखरेलको स्वर रहेको यो गीतमा चलचित्रका मुख्य कलाकारहरू विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल देखिएका छन् ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । सुसन प्रजापतीको छायाङ्कन, निरोज महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको सङ्गीत तथा सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता, सुरज बम ठकुरी कार्यकारी निर्माता र एनि थापा सह-निर्माताको रूपमा रहेका छन् । निरोज महर्जनले निर्देशन गरेको यो चलचित्रको कथा पनि उनकै हो ।

ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले चलचित्रको पोस्टर डिजाइन गरेका हुन् । गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले चलचित्रको वितरण गरिरहेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu