‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताको अर्को चलचित्र ‘अभिमन्यु’ घोषणा



काठमाडौं – नेपाली चलचित्र जगतमा ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो ब्लकबस्टर चलचित्र दिएको टिमले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेको छ । आइतबार यो चलचित्रको पहिलो थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । यो चलचित्र आगामी साउन २४ गते विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

पोस्टरमा चक्रव्यूह र पैसाको द्वन्द्वलाई प्रस्तुत गरिएको  । पैसाको लोभमा फसेको एक पात्रले चक्रव्यूहबाट निस्कन गरेको सङ्घर्षको कथा यस चलचित्रमा रहेको बताइएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण हुने ‘अभिमन्यु’ लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । मुकेश खनालको कथा रहेको यो चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गर्ने यो चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन् ।

चलचित्रको कलाकार र अन्य प्राविधिक पक्षबारे तत्काललाई जानकारी दिइएको छैन । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu