सौगात र गीताञ्जलीको चलचित्र ‘जार’को गीत ‘ए ठुली’ सार्वजनिक



काठमाडौं – साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’को पहिलो गीत ‘ए ठुली’ सार्वजनिक भएको छ । चलचित्रको निर्माण कम्पनी फेरी टेल पिक्चर्सले आगामी वैशाख २६ गते (मे ९) मा प्रदर्शन मिति तय गरेको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापाको दमदार प्रस्तुति देख्न सकिन्छ । गीतको सङ्गीत, शब्द र दृश्यले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्दछ । सन् १८०० को दशकमा नेपाली समाजमा घटेको वास्तविक घटनालाई चलचित्रले प्रस्तुत गर्नेछ । गीतमा तत्कालीन समाजको परिवेशलाई चित्रण गरिएको छ । झुमा लिम्बु र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द तथा गङ्गा थापाको सङ्गीत संयोजन रहेको छ । 

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका रहेको छ । गीताञ्जली थापाले ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन् । उनको अभिनय रहेको चलचित्र टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वका चर्चित चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको छ । उनले नेटफ्लिक्सको चर्चित सिरिज ‘सेक्रेड गेम्स’मा समेत अभिनय गरेकी छन् ।

फूर्वा छिरिङ लामाद्वारा निर्देशित चलचित्र ‘जार’को सम्पूर्ण छायाङ्कन सिक्किममा गरिएको छ । चलचित्रमा अधिकांश कलाकार र प्राविधिक टोली भारतबाट नै रहेका छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् ।

यो चलचित्रको नेपालभित्र प्रदर्शनको लागि एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीसँग सम्झौता भएको छ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu