कलाकार सङ्घको साधारण सभामा पुरस्कार र सम्मान प्रदान हुने



काठमाडौं – नेपाल चलचित्र कलाकार सङ्घले आफ्नो आगामी वार्षिक साधारण सभामा विभिन्न पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको छ । यो निर्णय सङ्घको कार्यकारिणी समितिको बैठकले गरेको हो । 

नेपाल चलचित्र कलाकार सङ्घले यी पुरस्कार र सम्मानहरू चलचित्र क्षेत्रमा कलाकारहरूको महत्त्वपूर्ण योगदानको कदर गर्न र उनीहरूलाई प्रोत्साहन दिनको लागि प्रदान गर्दै आएको छ । यसले नयाँ पुस्ताका कलाकारहरूलाई पनि प्रेरित गर्ने र नेपाली चलचित्र उद्योगको विकासमा सकारात्मक प्रभाव पार्ने उद्देश्य लिइएको सङ्घका अध्यक्ष मोहन निरौलाले बताए ।

नेपाल चलचित्र कलाकार सङ्घ पुरस्कारबाट यस वर्ष मुकुन्द किशोर भट्टराई, लय सङ्ग्रौला र पुरण जोशीलाई यो पुरस्कार प्रदान गरिने भएको छ, जसको राशि रु ७५,००० रहेको छ । सङ्घका संस्थापक संयोजक स्व. शान्ति मास्केको सम्झनामा स्थापित गरिएको स्व. शान्ति मास्के स्मृति पुरस्कार अभिनेत्री गौरी मल्ललाई प्रदान गरिने भएको छ, जसको राशि रु ५६,००० रहेको छ ।

यस्तै, कलाकार गोपाल राउतको सम्झनामा अमेरिकामा रहेका कलाकार र लक्ष्मी शर्माले सङ्घलाई प्रदान गरेको अक्षयकोषबाट प्रदान गरिने स्व. गोपाल राउत स्मृति पुरस्कार कलाकार रामकाजी घिमिरेलाई प्रदान गरिने भएको छ, जसको राशि रु १०,००० रहेको छ ।

साथै, यस वर्ष डा. रूपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई पनि सम्मान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu