चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक



काठमाडौं – निर्देशक सुदीप भुपाल सिंह सात वर्षपछि निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बनेको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर बुधवार सार्वजनिक भएको छ । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चलचित्र निर्देशन गरेका थिए ।

निर्देशक सिंहले ‘श्री बुकुरो’मा भएको पारिवारिक कथालाई दर्शकले मन पराउने विश्वास लिएका छन् । चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेकाले केही दिनमै प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको उनले बताए ।

१ मिनेट ४६ सेकेन्ड लामो टिजरमा एक परिवारको सम्बन्ध र त्यसमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । टिजरले चलचित्रको कथावस्तुबारे जानकारी दिन्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने टिजरमा समावेश दृश्यहरू रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

फिल्म रेन्जको ब्यानरमा निर्माण भएको चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

पारिवारिक कथामा निर्माण भएको चलचित्रको लेखन निर्देशक सिंह स्वयंले गरेका हुन् भने रुबी सेन सिंहले निर्माण गरेकी हुन् । सञ्जय लामा र राजेश श्रेष्ठले छायाङ्कन गरेको चलचित्रको छायाङ्कन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको छ । चलचित्रको गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको सङ्गीत सुन्न सकिन्छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu