नयाँ चलचित्र ‘जवाफ’ बन्ने



काठमाडौं – चलचित्र ‘छड्के २’ पछि निर्माता प्रशान्त गिरीले नयाँ चलचित्रको घोषणा गरेका छन् । ‘जवाफ’ नाम दिइएको चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी काभ्रे फिल्म्सले निर्माण घोषणा गरेको हो ।

पोस्टरमा ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरूको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोको बिचमा उभिएको एक पात्रको पृष्ठभूमिमा प्रहरी भ्यान देखाइएको छ । पोस्टरले चलचित्र डार्क एक्सन थ्रिलर रहेको सङ्केत गर्छ । पोस्टरमा उल्लेखित पात्रको परिचय खुलाइएको छैन ।

यो चलचित्रलाई दक्षिण भारतीय निर्देशक करणले निर्देशन गर्नेछन् । सम्पूर्ण छायाङ्कन भारतमा हुने बताइएको छ । चलचित्रको अन्य कलाकार र प्राविधिकका बारेमा निर्माण टिमले जानकारी दिएको छैन ।

चलचित्रमा सञ्चारकर्मी सचित खड्का कार्यकारी निर्माताको रूपमा जोडिएका छन् । दश वर्ष लामो रङ्ग पत्रकारिताको अनुभवलाई उनले चलचित्र निर्माणमा प्रयोग गर्नेछन् ।

चलचित्र २०८३ सालमा प्रदर्शनमा आउने निर्माण कम्पनीले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu