चलचित्र ‘आउटलः दफा २१९’ को ‘अन्धो कानुन’ गीत सार्वजनिक



काठमाडौं – फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’ को ‘अन्धो कानुन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतले देशको राजनीतिक अवस्था र सामाजिक विकृतिविरुद्ध आक्रोश पोखेको छ ।

मिस्टर डीको र्‍याप र सङ्गीत रहेको यो गीतमा उनलाई गायिका नितु पुनले साथ दिएकी छिन् । गीतले कानुन अन्धो हुँदा देशमा महिलाहरू कसरी असुरक्षित छन् भन्ने विषयलाई उठाएको छ ।

दीर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामीको पनि निर्देशन छ । राजेश कुटुले कोरियोग्राफी गरेको यो गीतको भिडियो नवीन गुरुङले छायाङ्कन गरेका हुन् ।

गीतमा एउटै व्यक्ति बारम्बार सत्तामा पुग्ने, जनतालाई अन्याय गर्ने र बलात्कारीलाई संरक्षण गर्ने जस्ता विषयलाई उठाइएको छ । सार्वजनिक भएको छोटो समयमै यो गीतले दर्शकको मन जित्न सफल भएको छ । गीतले जनताको आवाज बोलेको भन्दै दर्शकले चलचित्रप्रति उत्सुकता व्यक्त गरेका छन् ।

विक्की महर्जनद्वारा लिखित तथा निर्देशित यो चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी र आयन परियारको अभिनय छ । चुल्ठे काजीको एक्सन रहेको चलचित्रको सम्पादन साहिल खानले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu