
काठमाडौं – कर्णाली भेगको जनजीवनको कथामा आधारित चलचित्र ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक भएको छ । ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलरले कर्णालीको सुन्दरता, जनजीवन र त्यहाँका पीडाहरूलाई उजागर गरेको छ ।
चैत ८ गते रिलिज हुने यो चलचित्र प्रदर्शनअघि नै केही अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा छनोट भएको छ । यो चलचित्र डोल्पाको शे फोक्सुन्डो ताललगायत कर्णालीका विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको छ ।
नारी संवेदनालाई मुख्य विषय बनाइएको ट्रेलरमा निर्देशक ऋषिराज आचार्य, अभिनेत्री आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कविराज भाम, जेल्सन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल र सुरज अधिकारीलगायतका कलाकारहरूलाई देख्न सकिन्छ ।
ऋषिराज आचार्यको लेखन, अनिल महर्जनको सम्पादन, सौरभ शर्माको पार्श्व सङ्गीत, मोहनकुमार झिल्लुको छायाङ्कन रहेको चलचित्रमा रवि ओड र इन्द्रकला राईको स्वरमा गीतहरू छन् ।
आरबी मुभिजको ब्यानरमा बनेको चलचित्रको सह-निर्माता ऋतु आचार्य र विष्णु ठडराई हुन् भने निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली रहेका छन् ।
ट्रेलर: