प्रदिपको जन्मदिनको अवसर पारी ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक



काठमाडौं – नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गते रिलिज हुने चलचित्र पिताम्बर को दोस्रो टिजर सार्वजनिक भएको छ । प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण टिमले सोमबार टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेता प्रदीप खड्काका एक्सन स्टन्टलाई प्राथमिकता दिँदै उनका दृश्यहरूलाई मात्र समेटिएको छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा बनेको पिताम्बरमा प्रदीप खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ । बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) को अभिनय रहेको छ ।

कृषा चौलागाईं निर्देशित यस चलचित्रमा विशाल चौलागाईं निर्माता हुन् भने पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माताको भूमिकामा छन् । कार्यकारी निर्माताका रूपमा सुमन गौतम रहेका छन् । प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको चलचित्रको छायाङ्कन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन् । सम्पादन बन्दे प्रसादले गरेका छन् भने सङ्गीत आशीष अविरल र बाबुल गिरीको रहेको छ । हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । वितरण आरआर फिल्मस्ले गर्नेछ ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu