दिलीपको ‘हेल्लो काँशीराम’ जेठ २ मा रिलिज हुने



काठमाडौं – चलचित्र ‘हेल्लो काशीराम’ ले आफ्नो फस्ट लुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । चलचित्र आगामी २०८२ जेठ २ गते प्रदर्शनमा आउनेछ ।

पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । चलचित्रको कथावस्तु खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी दिइनेछ ।

चलचित्रमा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भँगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री प्रियङ्का कार्की विशेष भूमिकामा देखिनेछिन् ।

रेडलाइन फिल्म्स्‌ प्रा.लि.को ब्यानरमा निर्माण भएको यो चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । यसका निर्माता पि.बि. थापा हुन् । कविराज गहतराजको नृत्य निर्देशन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन, नरेन्द्र वियोगी र विपिन आचार्यको सङ्गीत संयोजन रहेको छ। प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीले गीतहरू गाएका छन् ।

चलचित्रको पब्लिसिटी म्यानेजमेन्ट सेलिब्रेटी टाइम्सले लिएको छ ।

निर्देशक रिम विश्वकर्माले चलचित्रको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन कलाकार टोलीले आगामी सातादेखि देशव्यापी प्रचार अभियान सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu