‘कर्मा’की उपासना: साधारण र आकर्षक



काठमाडौं – चैत २९ गते रिलिज हुने चलचित्र ‘कर्मा’की अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । साधारण र आकर्षक लुक्समा रहेकी उपासना सामान्य कुर्था सलवारमा देखिएकी छन् ।

निर्देशक सौरभ चौधरीले ‘कर्मा’लाई एक्सन जनरामा निर्माण गरेका छन्, जहाँ विपिन कार्की र उपासना सिंह ठकुरीको जोडीलाई फरक ढङ्गले प्रस्तुत गरिएको दाबी गरिएको छ । विपिनको एक्सन अवतार र उपासनाको साधारण लुक्सले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ ।

चलचित्रमा मुकुन भुसालको नेगेटिभ क्यारेक्टर रहेको छ, जसले कथालाई थप रोचक बनाएको छ । ‘कर्मा’को छायाङ्कन दाङ र काठमाडौंमा गरिएको छ, जसले चलचित्रलाई वास्तविक र जीवन्त देखाउने प्रयास गरेको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu