तेरिया फौजा मगरको नेपाली चलचित्रमा डेब्यु, दयाहाङ राईसँग ‘मितज्यू’मा देखिने



काठमाडौं – अनिल बुढा मगरको निर्देशनमा बन्ने चलचित्र ‘मितज्यू’मा अभिनेता दयाहाङ राईसँगै भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’ र ‘झलक दिखलाजा’ विजेता तेरिया फौजा मगर अनुबन्धित भएकी छन् । यससँगै तेरियाले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

यसअघि भारतीय वेब सिरिजमा अभिनय गरेकी तेरियाको नेपाली चलचित्रमा प्रवेशसँगै उनलाई नेपाली चलचित्रमा हेर्न दर्शकहरूले व्यक्त गरेको चाहना अब पूरा भएको छ ।

जनक घर्ती मगरको लगानीमा निर्माण हुने ‘मितज्यू’मा दयाहाङले दोस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले सुपर हिट चलचित्र ‘घरज्वाइँ’मा काम गरेका थिए । जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रको छायाङ्कन अर्को वर्ष सुरु हुनेछ । चलचित्रमा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को हुने भन्ने निर्माण टिमले खुलाएको छैन ।

महेश राईको लेखन रहेको ‘मितज्यू’ अर्को वर्षको चैत २७ गते प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu