१६ वर्ष मुनिकाले ‘आउटलः दफा २१९’ हेर्न अभिभावक चाहिने, अग्रिम बुकिङ खुल्यो



काठमाडौं – अभिनेता सुशील श्रेष्ठको एक्सन चलचित्र ‘आउटलः दफा २१९’ बिहीबार रिलिज हुँदैछ । ट्रेलरमा व्यापक एक्सन दृश्य देखिएको यो चलचित्रलाई चलचित्र जाँच पास समितिले ‘पीजी सर्टिफिकेट’ प्रदान गरेको छ, जसअनुसार १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्र चलचित्र हेर्न पाउनेछन् ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले महिला सबन्धि एउटा महत्त्वपूर्ण मुद्दालाई उठान गरेको छ । अमित अग्रहरीको निर्माणमा तयार भएको ‘आउटलः दफा २१९’ मा चुल्ठे काजीको एक्सन र साहिल खानको सम्पादन रहेको छ । चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको ट्रेलरले दर्शकको ध्यान खिचेका कारण यसको ओपनिङ सुखद हुने अनुमान गरिएको छ । चलचित्रको जापान र कतारबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । नेपालमा पनि दर्शकले चलचित्र मन पराउनेमा निर्माण पक्ष विश्वस्त छ ।

क्यूएफएक्स, बीग मुभिज, आईएनआई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरूले चलचित्रलाई राम्रो शोज दिएका छन् । फागु पूर्णिमाको कारण बिहानको शोज उपलब्ध नभए पनि दिउँसोबाट दर्शकले देशभरका हलमा चलचित्र हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu