प्रकाश सपुत ‘परालको आगो’ मा अनुबन्धित



काठमाडौं – गुरुप्रसाद मैनालीको चर्चित कथा परालको आगोमा आधारित चलचित्र ‘परालको आगो’मा गायक तथा अभिनेता प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण कम्पनी हरिओम सिने मेकर्सका निर्माता सुशील पोखरेलले उनलाई चलचित्रका लागि अनुबन्ध गरेको जनाएका छन् ।

चलचित्रमा प्रकाश सपुत मुख्य पात्रमध्ये एकको भूमिकामा देखिनेछन् । यसअघि नै जितु नेपाल र सुहाना थापा प्रमुख कलाकारका रूपमा अनुबन्धित भइसकेका छन् । चलचित्रको कथा चामे, गौँथली र जुठे दमाईको वरिपरि घुम्ने भएकाले जितु नेपाल र प्रकाश सपुतमध्ये को चामे र को जुठे दमाई हुन् भन्ने विषयलाई निर्माण टोलीले हाललाई गोप्य राखेको छ ।

चलचित्रको कथा सुशील देवकोटाले लेखेका छन् भने छायाङ्कन सङ्कल्प भुजेलले गर्नेछन् । चलचित्रमा सत्य–स्वरूपराज आचार्यको सङ्गीत हुनेछ ।

निर्माता पोखरेलका अनुसार चलचित्र २०८२ सालमा प्रदर्शन हुनेछ । यही नाम र कथामा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए । लक्ष्मण सुनारले निर्देशन गर्ने नयाँ संस्करणमा कथा, लोकेसन र प्रस्तुतिलाई फरक बनाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu