सुरु भयो सस्पेन्स थ्रीलर ‘फिङ्गर प्रिन्ट’



fingerprint-2

ठुलोपर्दा डटकम, काठमाडौं।
थुप्रै टेलिश्रृंखलाको सम्पादन र निर्देशनपछि नवीन निरौला फिचर फिल्म निर्देशनमा लागेका छन् । उनले मेडिकल साइन्सले गरेको नवीनतम आबिष्कारको बिषयमा केन्द्रित कथामा ‘फिङ्गरपि्रन्ट’ नामक फिल्म निर्देशन थालेका छन् ।

‘फिङ्गर प्रिन्ट’को मंगलबार ललीतपुरको ओमेगा कलेजबाट छायांकन सुरु गरिएको छ । अनिल श्रेष्ठ निर्माता रहेको फिल्ममा राज क्षितीज, आयुष्मा कार्की, रमेश बुढाथोकी, ओम प्रतिक, दीपक त्रिपाठी, सरिता लामीछाने, शंकर आचार्य, रश्मी भट्ट, आनन्द पुन, रामभक्त श्रेष्ठ, अमन पोखरेल, जेशिका भुषाल, विश्व खड्का लगायतका कलाकारले अभिनय गर्दैछन् ।

fingerprint-1

कामना फिल्मस्‌को ब्यानरमा बनीरहेको फिल्मको स्क्रीप्ट निर्देशक नवीन स्वयम्ले लेखेको हुन् । सुमन तण्डुकारले खिचीरहेको फिल्ममा सस्पेन्स, थ्रिलर लभस्टोरी रहेको निर्देशक निरौला बताउँछन् । फिल्मले मनोरञ्जनका साथै विज्ञानको दुनीयाको बारेमा नवीन जानकारी समेत दिने निर्माण पक्षको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu