फिल्म भन्दा टेलिफिल्म प्रचार व्यापक, पोखराका चोकचोकमा ‘शहर’का होर्डिङ्



shahar2

ठुलोपर्दा डटकम, पोखरा ।
नेपालमा अहिले बन्ने गरेका झण्डै आधा जसो फिल्महरु कहिले हलमा लाग्छन र कहिले उत्रन्छन पत्तो प्राय: हुदैन । कारण, कमजोर पब्लीसीटी अझ कसै कसैको त शुन्य पब्लीसीटी । यसको मुख्यतः दुई वटा कारण देखिन्छन । एउटा प्रचार रणनितीको अभाब र अर्को प्रचार बजेटको समस्या । त्यसको प्रत्यक्ष असर पर्छ फिल्मको ब्यापारमा । तर यतिबेला पोखराको फलानो क्रियशनले निर्माण गरेको टि.भी फिल्म ‘शहर’ को बजारमा चर्चा छ । कारण, आक्रामक पब्लीसिटी र कन्टेन्ट ।

पोखरामा रहेर लामो समय देखि चलचित्र पत्रकारीता गरीरहेका अपिल त्रिपाठीले निर्देशन गरेको टि.भी फिल्म ‘शहर’ को प्रचार हेर्दा लाग्छ, यो मोफसलको टि.भी मा देखाइने छोटो फिल्म होइन, कुनै ब्याबशायिक मुल धारको फिल्म हो । ‘शहर’ ले पोखराका चोक चोकमा होडिङ बोर्ड राख्ने देखी स्थानिय सबै जसो पत्रपत्रिका र एफ.एम मार्फत आक्रामका प्रचार गरीरहेको छ । यति मात्र होइन राष्ट्रिय मिडिया मार्फत समेत ‘शहर’ ले प्रचार गर्न भ्याएको छ ।

निर्देशक त्रिपाठी भन्छन – ‘शहर बनेको त सबैलाई थाहा हुनु पर्‍यो नि, बाँकी कुरा बिषय र प्रस्तुती मन पर्‍यो भने दर्शकले एक हप्ता कुरेर हेर्ने हो ।’ टेलिभिजनका दर्शकका थुप्रै बिकल्प हुने हुँदा पनि ‘शहर’को प्रचार लाई ब्यापक बनाइएको निर्देशक त्रिपाठीको भनाई छ । ‘शहर’ पोखराको गण्डकी टेलिभिजन बाट प्रसारण हुदैछ । शहरको जीबनशैली चित्रण गरीएको ‘शहर’ का दर्शक मुख्यत पोखरा र पोखरा आसपासका नै हुन । सोही हिसाबले लक्षीत भुगोलमा ‘शहर’ को पब्लीसिटी केन्द्रीत गरीएको छ ।

shahar1

आक्रमक पब्लीसिटीको परीणाम दर्शकमा आवश्यक भन्दा बढी अपेक्षा त हुने होइन भन्ने सन्दर्भमा निर्देशक त्रिपाठी भन्छन् -‘त्यो डर चाहि छ, तर शहर लाई के सँग तुलना गर्ने भन्ने कुरा हो, पोखराको स्रोत साधन र जनशक्ति लाई प्रयोग गरी टेलिभिजन लक्षीत गरी बनाइएको भनेर हेरीयो भने ठिक हुन्छ नत्र ‘शहर’ मन नपर्न पनि सक्छ ।’

यही जेष्ठ ३१ गते बाट हरेक शनिबार राती पौने नौ बजे बाट प्रसारण हुने टि.भी फिल्म ‘शहर’ धाराबाहिक रुपले भने प्रसारण हुने छैन । हरेक हप्ता नयाँ कथा र परीबेश प्रस्तुत हुने हुछदा दर्शकलाई लघु फिल्मको अनुभुति हुने निर्माण कंम्पनीले जनाएको छ । ‘शहर’ मा मिलन थापा, श्री पाण्डे, निरज पन्त, सजिना क्षेत्री, निरज कार्की, सन्जीता खनाल, निपुर्ण कुवर का साथै पोखराका संचारकर्मीहरु दिपक परीयार, रामचन्द्र राई, सन्तोष परीयार, सुरज आचार्य, उमा आले लगायतको अभिनय रहेको छ । संचारकर्मीको बाहुल्यता रहेको ‘शहर’ मा संचार क्षेत्रमै आबद्ध सरोज अधिकारीको छायङ्कन र सुबास अम्गाईको सम्पादन रहेको छ ।

लगानी रिकभरको माध्यम भने प्रायोजक लाई बनाइएको छ । युनाइटेड रेफरेन्स ल्याब्रोटरीको मुख्य प्रायोजन, होटल प्राइड एण्ड स्पा, जोमसोमको प्रायोजन, फेवासिटी हस्पीटलको सह-प्रायोजन रहेको ‘शहर’ को प्रबर्द्धन परीचय एड्भटाइजिङले गर्दैछ । निर्माता ङुटुक गुरुङ्गको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu