‘दान्भी’ निर्देशकको नयाँ एक्सन चलचित्रमा पनि पुजा शर्मा



काठमाडौं – निर्देशक रुपेश तामाङ नयाँ एक्सन चलचित्र निर्माणको तयारीमा छन् । यस पटक मल्टिस्टारर चलचित्र बनाउन लागेका उनले कलाकार छनोटको काम अघि बढाएका छन् ।

यसैबीच सो चलचित्रको लागि नायिका पूजा शर्मा फाइनल भएकी छिन्, जसलाई रुपेशले उनको जन्मदिनको दिन अनुबन्ध गरेका हुन् । रुपेशले पूजा शर्मा कथाको माग अनुसार उपयुक्त भएकाले साइन गरेको बताए । उनले अघिल्ला चलचित्रको कमजोरी सुधार्दै राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।

पूजाले पनि फेरि एक्सन भूमिकामा देखिन पाउँदा खुसी व्यक्त गर्दै भनिन्, “दान्भीको एक्सन दर्शकले रुचाएका थिए, त्यसैले फेरि एक्सन चलचित्रमा काम गर्न मन थियो ।”

निर्देशकका अनुसार चलचित्रको नाम केही दिनमै सार्वजनिक हुनेछ । सुमन गजमेरले चलचित्र लेखिरहेका छन् र छायाङ्कन केही महिनापछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu