‘जनै हराएको बाहुन’को छायाङ्कन सकियो



काठमाडौं – हालै छायाङ्कन सकिएको चलचित्र ‘जनै हराएको बाहुन’ले एक कार्यक्रम आयोजना गरी खुसीयाली साटेको छ । ललितपुरको च्यासलमा भएको उक्त कार्यक्रममा निर्माण पक्षले चलचित्रको छायाङ्कन जम्मा ३५ दिनमा सकिएको जानकारी दिएको थियो । निर्देशक हिमाल न्यौपानेले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिएको बताए ।

न्यौपानेले भने, “हामीले सोचेजस्तै चलचित्रको छायाङ्कन राम्रो भएको छ । अब पोस्ट प्रोडक्सनमा पनि मिहिनेत गरेर दर्शकलाई राम्रो चलचित्र दिनेछौँ ।” यो चलचित्र हिमाल न्यौपानेको पहिलो निर्देशन हो ।

‘जनै हराएको बाहुन’ले ‘सम्बन्धका धागाहरू’ नामक नारा बनाएको छ, जहाँ आमा र छोराको भावनात्मक सम्बन्धलाई विशेष रूपमा प्रस्तुत गरिएको छ । चलचित्रले गाउँबाट सहर आएका एक साधारण मानिसले भोगेका अप्रत्याशित घटनाहरू र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ ।

यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली जस्ता कलाकारहरूको मुख्य भूमिका छ । साथै, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापाको पनि अभिनय देख्न सकिन्छ । मनिष राउत यस चलचित्रमा असोसियट निर्देशकको रूपमा छन् ।

पेपरक्लिप प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्र कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी सह-निर्माता रहेका छन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको सङ्गीत सुन्न सकिनेछ । यस चलचित्रको रिलिज तीज आसपास हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu