पल शाह र नीति शाहको रोमान्टिक अवतार



काठमाडौं – अभिनेता पल शाह र अभिनेत्री नीति शाहले चलचित्र ‘मोहर’को पहिलो गीतको छायाङ्कन सम्पन्न गरेका छन् । निर्माण टोलीले चितवन र नवलपरासीका रमणीय स्थानहरूमा पाँच दिन लगाएर गीतको छायाङ्कन गरेको हो ।

‘चाहिँदैन मोहर’ बोलको यो गीतमा पल र नीतिलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । सुरेश अधिकारीको सङ्गीत र प्रमोद ढुङ्गानाको शब्द रहेको गीतमा शरद हुमागाईँ र विशाखा साहीले स्वर दिएका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

निर्माण पक्षले यो गीत केही हप्ताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । गीतमा थारु संस्कृतिलाई विशेष रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकहरूलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ ।

फिल्म मेकर्स प्रा.लि.को प्रस्तुति रहेको ‘मोहर’ साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको यो चलचित्रका निर्माता चुम्बन जङ्ग शाही हुन् । चलचित्रमा पल र नीतिका साथै बेनिशा हमाल, अर्जुन जङ्ग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र सारा शर्मा जस्ता कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu