चन्द्र पन्तले चलचित्र ‘आ बाट आमा’ बनाउने, फागुनमा रिलिज गर्ने



काठमाडौं – निर्देशक चन्द्र पन्तले आफ्नो नयाँ चलचित्र ‘आ बाट आमा’ निर्माण गर्ने घोषणा गरेका छन् । सोमबार उनले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माणको जानकारी दिएका हुन् । चलचित्र आउँदो फागुन १५ गते प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक पोस्टरमा एक बच्चाले रोइरहेकी आमाको आँसु पुछ्न खोजेको देखिन्छ । यसले चलचित्र आमा र बच्चाको मायाको कथामा आधारित हुने सङ्केत गर्छ ।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रको छायाङ्कन आउँदो भदौ महिनाबाट सुरु हुनेछ । चलचित्रमा कुन-कुन कलाकार हुनेछन् भन्ने बारेमा अहिले जानकारी दिइएको छैन । चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् । निर्देशक पन्तले बताए अनुसार यो चलचित्रको थिम पोस्टर मात्र सार्वजनिक गरिएको हो र केही दिनमै कलाकार तथा प्राविधिक टोलीको नाम पनि सार्वजनिक गरिनेछ ।

चन्द्र पन्तले यसअघि ‘ह्रस्व दीर्घ’ नामक एक्सन चलचित्र निर्देशन गरेका थिए । त्यसबाहेक उनले भोजपुरी र नेपाली गरी ६० भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu