१० वर्षपछि हलमा दर्शक भेट्न पुगे राजेश हमालको, ‘नरसिंहा: अवतार’को व्यापार कस्तो छ ?



काठमाडौं – अभिनेता राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ गत शुक्रवार, जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आएको छ । आठ वर्षपछि हमालको कमब्याक भएकाले दर्शकमाझ यो चलचित्रको प्रतीक्षा थियो, जसको प्रभाव बक्स अफिसमा पनि देखिएको छ ।

चलचित्रले शुक्रवार र शनिवार दुई दिनमा उत्कृष्ट सुरुवात गरेको दाबी वितरक करण श्रेष्ठले गरेका छन् । शुक्रवार बिहानका शोहरूमा करिब ४० प्रतिशत दर्शक उपस्थिति रहे पनि दिउँसो र साँझ यो बढेर ८० प्रतिशतसम्म पुगेको श्रेष्ठले बताए ।

शनिवार काठमाडौं उपत्यका र मोफसल दुवै ठाउँमा राजेश हमालको क्रेज स्पष्ट देखियो । चलचित्रले उठाएको कथावस्तु, एक्सन, र राजेश हमाल, राज कटुवाल, सनिषा भट्टराई लगायतका कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् ।

शनिवार राजेश हमाल करिब १० वर्षपछि देशकै ठुलो सिट क्षमता भएको अष्टनारायण हलमा दर्शकहरूसँग भेट्न पुगेका थिए । त्यहाँ १ हजारभन्दा बढी दर्शकले चलचित्र हेरिरहेका थिए । हमाललाई देख्दा दर्शकहरूले ताली र सिट्ठी बजाएर स्वागत गरे । उनले दर्शकहरूसँग चलचित्रबारे प्रतिक्रिया लिँदै सेल्फी खिचेका थिए ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा बनेको यस चलचित्रमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । चलचित्रमा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जङ्ग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ । राजु विक्रम थापाको छायाङ्कन र साहिल खानको सम्पादन रहेको यस चलचित्रले नेपाली बक्स अफिसमा आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu