
काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेका छन् । सरकारले इनडोर तथा आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउन पहल गर्ने जनाएको छ ।
चलचित्र उद्योगलाई प्रवर्द्धन गर्न सरकारले यस्तो कदम चालेको हो । अब निजी क्षेत्रले स्टुडियो निर्माणमा लगानी गर्न चाहेमा सरकारले आवश्यक सहजीकरण गर्नेछ ।
बजेट भाषणमा अर्थमन्त्री पौडेलले भने, “नेपाली मौलिक कला, संस्कृतिको प्रवर्द्धन र स्वदेशी विदेशी चलचित्रको छायाङ्कनलाई सहज बनाउन इनडोर तथा आउटडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।”
यस्तै बजेटमा पर्यटन प्रवर्धनको लागि चलचित्र पर्यटन प्रवर्धन गर्ने घोषणा भएको छ । त्यस्तै, सरकारले ओटीटी (ओभर द टप मिडिया सर्भिस) सेवालाई नियमन गर्न कानुन ल्याउने भएको छ ।