अभिनेता गजित बिस्ट ‘महाराजधिराज’मा अनुबन्धित



काठमाडौं – पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’ को भूमिकाबाट चर्चा कमाएका अभिनेता गजित विष्ट यस वर्षको फूलपातीमा रिलिज हुने चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका छन् । अभिनयमा आफ्नो राम्रो पकड भएका बिष्टले यस चलचित्रमा जोडिन पाउँदा खुसी व्यक्त गरेका छन् ।

‘मायाज बार’ नामक चलचित्रबाट अभिनयमा डेब्यु गरेका गजित बिष्टले आफ्नो १५ वर्षको चलचित्र करियरमा २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । यसका साथै, उनले ‘लभ यु बाबा’ र ‘हैरान’ जस्ता चलचित्र निर्माण समेत गरेका छन् । टेलिभिजन रियालिटी शोहरूको निर्देशनमा पनि अनुभव बटुलेका विष्ट अब ‘महाराजधिराज’ मा कस्तो भूमिकामा देखिन्छन् भन्ने कौतुहलता बढेको छ ।

‘महाराजधिराज’ मा गजित बिस्टको आगमनले कलाकारहरूको सूचीलाई अझ बलियो बनाएको छ । यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, जय किशन बस्नेत र पुष्प खड्का जस्ता स्थापित तथा नयाँ पुस्ताका कलाकारहरू यस फिल्ममा अनुबन्धित भइसकेका छन् । 

‘महाराजधिराज’ को निर्देशन परिच्छेद सेनले गर्दैछन् । यसअघि सेनले निर्देशन गरेको चलचित्र ‘प्रेमगञ्ज’ ले राम्रो प्रतिक्रिया पाएको थियो । यस चलचित्रको कथा पनि निर्देशक सेनकै हो । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो चलचित्रका प्रस्तुत कर्ता बिराज विष्ट हुन्, जसले यसअघि राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu