योगेश्वर अमात्य भिलेन की गायक ?



yogeshor

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एक्सन र लभस्टोरी दुवैलाई समेटेर निर्माण हुन लागेको फिल्म ‘अखडा’ जेठ २९ गतेबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ । इञ्जोय मुभिजको व्यानरमा आशिककुमार ठाकुरले निर्माण गर्न लागेको फिल्ममा पप गायक योगेश्वर अमात्यलाई खलनायकको भूमिकामा देखिने भएका छन् । यो व्यानरले यसअघि निर्माण गरेको फिल्म ‘आइ ह्याभ ए रिजन टु डाई’ प्रदर्शनको तयारीमा छ ।

राजु महर्जन कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन विभु श्रेष्ठ र सुवास जिसीले संयुक्त रुपमा गर्न लागेका हुन् । ‘यो फिल्म विछुट्टै नयाा र नौलो कथा तथा अन्य फिल्म भन्दा उत्कृष्ट बन्छ भन्ने छैन्, ‘फिल्मबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक जिसीले भने,’तर पनि फिल्ममा दर्शकले केही फरक स्वाद भने अवश्य पाउनेछन् ।’

akhada

फिल्ममा योगेश्वरबाहेक धिरेन शाक्य, नन्दिता केसी, पत्रकार श्रीकृष्ण न्यौपाने, अनुप स्थापित, उदय अधिकारीलगायतको अभिनय रहेको छ । दयाराम कार्की र निलकुमार श्रेष्ठ सहनिर्माता रहेको फिल्ममा सोनाम लामाको द्वन्द्व, सन्तोष प्रगाढको संगीत, शंकर अधिकारी ‘घायल’को गीत, सुरेन्द्र भण्डारीको नृत्य, विभु श्रेष्ठको कथा/संवाद, सुवास जिसीको पटकथा र राहुल राईको छायांकन रहेको छ । फिल्म आगामी फुलपातीको दिन रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu