
काठमाडौं – एस एन्ड एस प्रोडक्सनको ब्यानरमा ‘किन लाग्छ माया’ नामक नयाँ चलचित्र निर्माण हुने भएको छ । मोनु खड्काद्वारा निर्मित र कुवेर तामाङद्वारा निर्देशित यस चलचित्रको छायाङ्कन असारको पहिलो सातादेखि सुरु हुनेछ ।
चलचित्रमा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पवि (पवित्रा साकी), राजेन्द्र खड्गी, हिउवाला गौतम, सबिन बास्तोला, रवि डङ्गोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरूको अभिनय रहनेछ । दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेका मेघ सुवेदी यस चलचित्रको मुख्य भूमिकामा देखिनेछन् ।
‘स्याडो रियर’ को कथामा आधारित यस चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाङ्कन, पुस्कर सुनुवारको सङ्गीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, तथा राजेन्द्र खड्गीको एक्सन रहनेछ ।
चलचित्रको छायाङ्कन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका विभिन्न रमणीय स्थानहरूमा गरिनेछ ।





