सिर्जना निङलेखु चलचित्र ‘मिरमिरे’मा अनुबन्धित



काठमाडौं – अभिनेत्री सिर्जना निङलेखु चलचित्र ‘मिरमिरे’मा अनुबन्धित भएकी छन् । यसअघि दयाहाङ राई र प्रकाश सपुत पनि यो चलचित्रमा जोडिएका थिए । सिर्जनाले यसअघि ‘कार्साङ’मा दयाहाङसँगै मुख्य भूमिका निभाएकी थिइन् र यस चलचित्रमा पनि उनको जोडी दयाहाङसँगै हुने सम्भावना छ, यद्यपि निर्माण पक्षले यसबारे केही खुलाएको छैन ।

यम शेर्पाले निर्देशन गर्ने यस चलचित्रमा अन्य कलाकारको बारेमा भने जानकारी गराइएको छैन । यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । चलचित्रको कथा पनि निर्देशक यम शेर्पा आफैँले लेखेका हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको यस चलचित्रमा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन् । रोहित कट्टेल यस चलचित्रका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu