चलचित्र ‘रङ्ग डेस्टिनेसन २’को ‘ब्रेक डान्स’ गीत सार्वजनिक



काठमाडौं – निर्देशक सीमा गुरुङको आगामी हरर तथा थ्रिलर चलचित्र ‘रङ्ग डेस्टिनेसन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । यो रोमान्टिक गीतमा गायिका समीक्षा अधिकारी र गायक ओम सुनारको स्वर सुन्न सकिन्छ, जसले गीतमा सङ्गीत पनि दिएका छन् । गीतका शब्द मुना शाहले लेखेकी हुन् ।

सार्वजनिक गीतको भिडियो नृत्य प्रधान शैलीमा तयार पारिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठलाई देख्न सकिन्छ । सांस्कृतिक पोसाक र कोरस डान्सरको प्रयोगले भिडियोलाई आकर्षक बनाएको छ । यसको कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन् ।

फुलमुन मोसन फिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र हरर र थ्रिलर विधामा आधारित छ । चलचित्रमा किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्ज्वल, सञ्जय थापा, सकल रेग्मी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सुगन तन्दुकर चलचित्रका कार्यकारी निर्माता हुन् भने समाइरा तन्दुकार र शर्मिला लामा निर्माताको भूमिकामा छन् ।

मुस्ताङका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यो चलचित्रको प्रदर्शन मिति भने अझै तय भइसकेको छैन । निर्देशक सीमा गुरुङका अनुसार, चलचित्रलाई स्वदेशमा प्रदर्शन गर्नुअघि विदेशका विभिन्न चलचित्र महोत्सवहरूमा प्रदर्शन गरिनेछ ।

चलचित्रमा सञ्जय थापाको द्वन्द्व निर्देशन, रणधीर श्रेष्ठको छायाङ्कन र बनिश शाहको सम्पादन रहेको छ । ‘रङ डेस्टिनेसन २’ले नेपाली दर्शकमा कस्तो प्रभाव पार्ला, त्यो हेर्न बाँकी नै छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu