उत्कृष्ट बने लगत्तै अशिष्मालाई उद्घाटनको अफर



ashishma-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अनलाइन फिल्मीखबर अवार्डमा उत्कृष्ट नव-नायिका बनेलगत्तै अशिष्मा नकर्मीलाई नयाँ-नयाँ अफर आउन थालेका छन् । कसिलो समय तालिकासहित एक चलचित्रको वर्कशपमा रहेकी अशिष्मा बुधवार एक ब्यूटि केयर सेन्टर उद्घाटनमा पुगिन् ।

पहिले-पहिले यस्ता कार्यक्रममा नदेखिने अशिष्माको अवार्ड पाएसँगै माग बढेको हो । उनले ‘अन्तराल’ नामक चलचित्रको अभिनयबाट उत्कृष्ट नव-नायिका बनेकी हुन् । हालसम्म उनले करिव दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

ashishma-2

सौन्दर्यकर्मी रश्मिला श्रेष्ठले काठमाण्डौ मलको चौँथो तल्लामा सञ्चालनमा ल्याएको रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर उद्घाटनमा अशिष्मासँगै गायिकाद्वय सहिमा श्रेष्ठ र सविना कार्की पनि रहेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी सौन्दर्य कला व्यावसायी संघकी अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय सदस्य कमला श्रेष्ठ रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu