नाई नभन्नु ल भन्दै ‘राई इज किङ’ अमेरिकामा



rajesh-p[ayal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘राई इज किङ’को उपमा पाएका गायक राजेशपायल राई, चलचित्रको गीतमा होस् या कुनै एल्वममा होस या स्टेज कार्यक्रममा नै किन नहोस् हरेक ठाउँमा दर्शक तथा श्रोतालाई मनोरञ्जन दिँदै आफ्नो कव्जामा लिनको लागी माहिर मानिन्छन । त्यसो त पछिल्ला केहि वर्षयता नेपाली गीतसंगीतको क्षेत्रमा एकछत्र जस्तै राज गरिरहेका गायक राईको ‘प्रफमेन्स’कोलागी देश विदेशवाट माग बढ्दै गईरहेको छ । यहि शिलशिलामा पछिल्लो केहि हप्तायता ‘वर्ल्ड टुर’मा रहेका राई अहिले अमेरिकामा छन् ।

आईतवार मात्रै अमेरिकाको ‘टेक्सास’ शहरमा प्रस्तुती दिएका गायक राईले कार्यक्रममा उपस्थित सयौं दर्शकको मन जिते । स्टेजमा प्रवेश गरेसँगै ‘फेरी फेरी-फेरी नाई नभन्नु ल’ गीतबाट प्रस्तुती सुरु गर्दै, ‘दर्शन नमस्ते’, ‘दिक्तेल बजार’, ‘मोहनी लाग्ला है’, ‘ओखरे साईला’, ‘सागर सरी चोखो माया’ लगायतका दर्जनौं गीतहरु गाउँदा दर्शकदिर्घाबाट ‘वान्स मोर’ मात्रै आएको कार्यक्रमका व्यवस्थापन प्रमुख हिमालयन फेस्टिवलका अध्यक्ष मित्र घलेले जानकारी दिए ।

कार्यक्रममा दुई घन्टासम्म प्रस्तुती दिएका ‘किङ राई’लाई अमेरिकामा बस्दै आएका प्रेमराज महत, नलिना चित्रकार, शान्ती भण्डारी लगायतले साथ दिएका थिए । गायक राईको प्रस्तुती झन्डै दुई घण्टा चलेको थियो । अष्ट्रेलियामा प्रस्तुती सकाएर अमेरिका पुगेका राईले यसपछी क्यानडा, मलेशिया लगायत देशहरुका विभिन्न शहरहरुमा त्यहा रहेका नेपालीहरुमाझ प्रस्तुती दिँदै करिब एक महिनापछी मात्रै नेपाल फर्कने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu