जीवनको काखमा के गर्दैछिन नीता ?



dhoon-movie
ठुलोपर्दा डटकम, काठमाडौं ।
पछिल्लो समय नेपाली चलचित्रमा फापेको जोडीमा जीवन लुईंटेल र नीता ढुङ्गानाको जोडी पनि पर्न आउँछ । पछिल्लो समय यो जोडीले अभिनय गरेको सफल चलचित्र ‘नोटवुक’मा यो जोडी राम्रै जमेको थियो । त्यसो त ‘नोटवुक’को चर्चित गीत ‘गाला रातै’मा यी दुई जोडीको फिचरिङ अहिलेसम्म पनि मिडियामा छाउनेदेखी थुप्रै दर्शकहरुको मनमा गुन्जिनेमा पर्दछ ।

चलचित्रको पर्दादेखी युट्युवमा समेत सर्वाधिक हेरिएको सुचीमा यो जोडीको अभिनय पर्न सफल भएको थियो । यो बीचमा केहि समय ‘ग्याप’ भएपनि अब भने दर्शकले जीवन र नीताको जोडीलाई पुनः पर्दामा देख्न पाउने भएका छन् । छायांकनको क्रममा रहेको चलचित्र ‘धुन’मा यो जोडीको अनस्क्रिन रोमान्स समेटिएको छ ।

neeta-jiwan-on-dhoon
म्युजिकल लभ स्टोरीमा आधारित यो चलचित्रमा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी लगायतका कलाकारहरुको अभीनय छ । मालती शाहको प्रस्तुतीमा सुशिल शाह, बिनोद भट्ट र श्रेया दुलालको संयुक्त लगानी रहेको चलचित्र ‘धुन’लाई कृष्ण पौडेलले ‘एक्शन कट’ गरिरहेका छन् ।

dhoon-movie
पर्यटकिय नगरी पोखरामा बिभिन्न ठाउँहरुका सँगै राजधानीमा यो चलचित्रमा समेटिने छन् । ‘लंका’ चलचित्रमा लगानी गरेर सुरुवातमा नै सफलता चाखेकी निर्मात्री मालती शाह र सुशिल शाहले लगानी गरेको पछिल्लो चलचित्र ‘झोला’ सर्वाधिक सफल चलचित्रको सुचीमा परिरहँदा यो चलचित्रले उनीहरुलाई कस्तो परिणाम दिन्छ त्यो भने पछी नै थाहा होला । सँगसँगै ‘नोटवुक’मा दर्शकको रोजाईमा परेको नायक जीवन र नायिका नीताको जोडीलाई चलचित्र ‘धुन’मा दर्शकले न रुपमा लिन्छन त्यो पनि समयले बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu