प्रशान्त तामाङको अचानक निधन कसरी भयो?



काठमाडौं – एक समय नेपाली र भारतीय साङ्गीतिक आकाशमा अत्यन्तै चम्किएको नाम प्रशान्त तामाङको ४२ वर्षको अल्पायुमै निधन भएको खबरले नेपाल र भारतीय सङ्गीत तथा चलचित्र प्रेमीमाझ पीडा भयो। दार्जिलिङमा जन्मिएका नेपाली मूलका उनी इन्डियन आइडल सिजन–३ का विजेता थिए। उनलाई विजयी बनाउन नेपालबाट समेत व्यापक भोट गरिएको थियो। सन् २००७ मा आफ्नो जादुमय स्वर, सरल स्वभाव र आत्मीय प्रस्तुतिले उनले करोडौँ दर्शक–श्रोताको मन जितेका थिए।

साङ्गीतिक यात्रासँगै समय क्रममा उनी अभिनयतर्फ पनि आकर्षित भए। उनले नेपाली चलचित्र ‘गोर्खा पल्टन’मा अभिनय गरे। सो चलचित्र सुपर हिट बन्यो। त्यसपछि उनले अन्य चलचित्र पनि गरे, जसमा अर्को सुपर हिट ‘परदेशी’ पनि पर्छ। पछिल्ला वर्षहरूमा चलचित्रमा बढी सक्रिय देखिएका प्रशान्तले हालै सलमान खान अभिनीत ‘ब्याटल अफ गलवान्’बाट बलिउडमा समेत आफ्नो उपस्थिति जनाएका थिए।

तर उनको जीवन यात्रा आइतबार बिहानै अचानक टुङ्गियो। चिकित्सकहरूका अनुसार उनको निधनको कारण ‘कार्डियाक अरेस्ट’ हो, अर्थात् मुटुले एकाएक काम गर्न छाड्नु। प्रशान्त तामाङको असामयिक निधनले केवल एक कलाकार गुमेको छैन, यसले समाजलाई गम्भीर प्रश्न पनि छाडेको छ, हामी कति सचेत छौँ आफ्नो मुटुको स्वास्थ्यप्रति ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu