अभिनेत्री निशा अधिकारी भारी मतान्तरले पराजित



काठमाडौं क्षेत्र नं. ५ मा गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी अभिनेत्री निशा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेलसँग भारी मतान्तरले पराजित भएकी छन्। सस्मितले २३ हजारभन्दा बढी मत ल्याएर विजयी हुँदा निशाले १ हजार मत पनि कटाउन सकिनन्।

हारपछि फेसबुकमार्फत सस्मितलाई बधाई दिँदै निशाले यसलाई यात्राको समाप्ति नभई नयाँ अध्यायको सुरुवात भएको बताएकी छन्। रास्वपाको बहुमत आउने संकेत देखिएको भन्दै उनले नागरिकको आवाज उठाउन सडकबाटै बलियो लोकतान्त्रिक प्रतिपक्षको भूमिका निर्वाह गर्ने र आफ्नो राजनीतिक यात्रा निरन्तर रहने प्रतिबद्धता जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu